SEE Result 2082

वालविकास सहजकर्ताको तलब आधारभूत शिक्षक सरह

‘एक शिक्षक एक ल्यापटप, वालविकास सहजकर्ताको तलब आधारभूत शिक्षक सरह’ घोषणा गर्दै नेपाली काङ्ग्रेसले आफ्नो स्थानीय तह २०७९ को चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।

‘संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको लागि सुनिश्चित गरेको काम कर्तव्य तथा अधिकार कार्यान्वयन गर्न आगामी पाँच वर्षका लागि स्थानीय तहको विकास र समुन्नतिका लागि हाम्रा देहायका क्षेत्रगत प्राथमिकता र सङ्कल्प रहनेछन ।’ घोषणापत्रमा भनेको छ, ‘पाँच वर्षमा सिकाइ केन्द्रीत विद्यालय, जागरुक अभिभावक, उत्प्ररित शिक्षक, सबल नेतृत्व, जवाफदेही प्रणाली, प्रतिबद्ध कर्मचारी रस्रोतको उपलब्धता हुनेछ ।’

हेरक स्थानीय तहमा अगुवा विद्यालय, उच्च विद्यालय छाड्नेदर कम्तीमा २० प्रतिशतले घटाइने घोषणापत्रमा उल्लेख गरिएको छ । महानगर, उपमहानगर र ठूला नगरपालिकाहरूमा स्तरीय नवप्रवर्तन केन्द्र तथा माध्यमिक विद्यालहरूमा मेकर स्पेस को अवधारणामा रचनात्मक क्षमताको विकास गने भनिएको छ ।

 वार्षिक ’सिकाई मेला’ ,स्थानीय तहमा कम्तीमा एउटा ‘व्यावसायिक सीप विद्यालय’,फरक क्षमता भएका तथा आर्थिक र सामाजिक रूपमा पछाडि परेका समुदायबाट आउने विद्यार्थीहरूलाई विशेष विद्यालय र आवासीय छात्रवृतिको व्यवस्था स्थापना गर्ने उद्घोष गरेको छ ।

स्थानीय आवश्कता र परिवेश अनुसार मौलिक ज्ञान र आधारभूत जीवन सीपहरू सम्वर्धन र संरक्षण हुने गरी स्थानीय पाठ्यक्रमको निर्माण,ज्ञान, सीप र उत्प्रेरणाका लागि विभिन्न विधाका आमन्त्रित विज्ञ अतिथि शिक्षक व्यवस्था गर्ने भनिएको छ ।

 नेपाली काङ्ग्रेसको घोषणा पत्र शिक्षाः

 

+2 School
Counseling
Bachelors Portal