SEE Result 2082

सुरु गरे विद्यालय कर्मचारीले विद्यालय बन्द गर्न, लेटर प्याडमा अभिव्यक्ति दिन अध्यक्ष तिवारीको प्रमुख बालेनलाई चुनौती

विद्यालय कर्मचारीले आज बिहानैदेखि विद्यालय बन्द गर्न सुरु गरेका छन् । सरकारसँग विभिन्न माग  राखेर चरणबद्ध आन्दोलन गर्दै आएका  विद्यालय कर्मचारीले आज  देशभरका सामुदायिक विद्यालय बन्द  गर्ने भएका हुन् । जहदा गाउँ पालिका मोरङका ३३ वटै  सामुदायिक विद्यालय बन्द भएको  स्थानीय बिरेन्द्र मण्डलले जानकारी दिए ।

बिहान खुल्ने तराईका सबै सामुदायिक विद्यालयमा कर्मचारीले सूचना टास गरी बन्द गरिसकेको विद्यालय कर्मचारीहरू बताउँछन् । विद्यालय कर्मचारी परिषदेले अहिले सम्म पूर्व घोषित कुनै कार्यक्रम यथावत रहेको जनाएको छ ।

बालेनलाई लिखित कारबाहीको घोषणा गर्न अध्यक्ष तिवारीको चुनौती

नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शहलाई  सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति  लिखित रुपमा दिन चुनौती दिएका छन् ।

शनिबार विद्यालय बन्द गराए विद्यालय कर्मचारीको जागिर खाइदिने अभिव्यक्ति दिएका प्रमुख शाहलाई अध्यक्ष तिवारीले इडियुपत्रसंग प्रतिक्रिया दिँदै व्यक्तिगत रुपमा होइन संस्थागत रुपमा, लिखित अभिव्यकित दिन चुनौती दिएका हुन् ।

विद्यालय कर्मचारीहरूले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको दुई हप्ता बढी समय भइसक्दासमेत माग पूरा गर्न सरकार तत्पर छैन । सरकारलाई दबाब दिने उद्देश्यले विद्यालय कर्मचारीहरुले आज आइतबारदेखि विद्यालय बन्दको आह्वान गरेको उनले बताए । महानगरका विद्यालय पनि पूर्ववत कार्यक्रम् अनुसार नै बन्द गरिने अध्यक्ष तिवारीले बताए ।

प्रमुख बालेनले काठमाडौं महानगरभित्रका विद्यालय बन्द गराए शिक्षक,कर्मचारी,व्यवस्थापन समिति, प्रधानध्यापकलाई कारबाही गर्ने तथा जागिरसमेत खाइदिने गम्भीर अभिव्यक्ति दिएका छन् । उनको उक्त अभिव्यक्तिको कर्मचारीले कडा शब्दमा निन्दा गर्दै आपत्ति जनाएका हुन् ।

अध्यक्ष तिवारीले मेयर साहलाई अझै पनि शिक्षा ऐन २०२८ चालु रहेको भन्दै त्यसको अवगत गराएका छन् । उनले भने,‘ मेयर साहेबलाई थाहै भएन कि ? कसो ।’

आर्थिक वर्ष २०८०–८१ को बजेटमा तलब, सेवासुविधाको माग सम्बोधन नगरेको भन्दै विद्यालय कर्मचारी आन्दोलित छन् । विद्यालय कर्मचारी मुकेश यादवले विहानैदेखि विद्यालय बन्द गराइएको जानकारी दिए । विद्यालयको गेटमा सूचना टाँस गरिएको र कक्षा कोठा नखोलिएको यादवले जनाए ।

 

+2 School
Counseling
Bachelors Portal