SEE Result 2082

प्रविधिमैत्री शिक्षक समाज नेपालको दोस्रो चरणको तालिम सम्पन्न

प्रविधिमैत्री शिक्षक समाज प्यूठानले शिक्षकहरुमा प्राविधिक क्षमताको विकास गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सम्पन्न गरेको छ ।

समाजले योजनाबद्ध शिक्षक तालिम सञ्चालन गर्दै आएको छ । हालै सम्पन्न दोस्रो चरणको ७ दिने तालिममा प्रत्येक दिन ९० जनाभन्दा बढी शिक्षकको उपस्थिति रहेको थियो ।

सो तालिममा विद्यार्थी परिचयपत्र निर्माण, माग फाराम तथा तलवी भरपाई निर्माण र एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली अपडेटको विषयमा तालिम प्रदान गरिएको थियो ।

तालिमको भर्चुअल समापन कार्यक्रममा बोल्दै प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष भुपति बस्यालले शिक्षकहरु प्रविधिमैत्री बनेमा मात्रै प्रविधियुक्त कक्षाकोठा हुनसक्ने बताए । ‘प्रविधिका पूर्वाधार राज्यले विद्यालयमा पुर्याएमा शिक्षकहरुले तालिममा सिकेका सिप बालबालिकासम्म पुर्याउन सक्ने हुँदा सबैले आआफ्नो ठाउँबाट प्रविधि शिक्षामा प्रयोग गर्नुपर्छ ।’ अध्यक्ष बस्यालले भने, ‘बिनाबाटोमा बस हाक्न निर्देशन गर्नुभन्दा बाटो बनाए बस गुडाउने हिम्मत शिक्षकमा भर्न यो तालिमको आयोजना गरिएको हो ।’

कार्यक्रम सञ्चालनका लागि मल्लरानी गाउँपालिकाले ल्यापटप र जुम किन्न सहयोग गरेको अध्यक्ष बस्यालले जानकारी दिए ।

नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य तथा अखिल नेपाल शिक्षक संघ केन्द्रीय महासचिव चक्रपाणि पौडेलले प्रविधिमैत्री शिक्षक समाज प्यूठानले सञ्चालन गरेको अनलाइन तालिम उपयोगी र सान्दर्भीक भएको औल्याए । उनले भने, ‘समय सापेक्ष शिक्षक प्रविधिमा अपडेट वा तयार भएर मात्रै वास्तविक सिकाई गर्न सकिने यसका लागि यस्ता तालिम अपरिहार्य छन् ।’

यसैगरी स्वर्गद्धारी नगरपालिकाका शिक्षा प्रमुख अनिल पाण्डेले तालिम सान्दर्भिक र युग सुहाउदो भएकोले सबै शिक्षकहरुलाई जोडिन आग्रह गरे ।

संस्थाका महिला उपाध्यक्ष जयन्ता घिमिरेको स्वागत मन्तव्यबाट सुरु भएको समापन कार्यक्रममा उपाध्यक्ष कृष्णविक्रम शाह, सिकाइ सामग्रीको प्रर्दशन पोखराबाट मेगशरी गुरुङ र प्यूठानबाट जानका के।सी।ले गरेका थिए । भने समापन कार्यक्रममा समाजका प्रदेश नं ५ का संयोजक प्रभात सुवेदी, केन्द्रीय सदस्य भक्तिप्रसाद उपाध्याय , जनता मा वि वाग्दुलाका प्र।अ। इन्द्रमणि पौडेल, अखिल नेपाल शिक्षक संघ प्यूठानका अध्यक्ष अर्जुन बहादुर के।सी।,शिक्षक महासंघ प्यूठानका सचिव जानका के।सी।, शिक्षक महासंघ ऐरावती गाउपालिकाका अध्यक्ष दुर्गबहादुर के।सी। लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाजले अर्को अनलाईन तालिमको कार्ययोजना बनाई पुनःतालिम सञ्चालन गर्ने प्युठानका अध्यक्ष ध्रुब गिरीले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal