SEE Result 2082

एसईई निर्धारित मितिमा नै सञ्चालन गरिने

पूर्ण सजगता अपनाउँदै आसन्न एसईई परीक्षाको तयारी गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सम्पूर्ण विद्यालयलाई आग्रह गरेको छ । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा एसईई परीक्षा स्थगित भएको र विद्यालयहरु बन्द गर्ने भन्ने खालका समाचार संप्रेषण भइरहेको हुँदा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति मार्फत् जानकारी गराएको छ । 

मन्त्रालयले वर्तमान अवस्थाको नियमित समीक्षा, विश्लेषण गरिरहेको छ । अहिले नै आपत्कालीन अवस्था आइनसकेको हुँदा  डराउनु नपर्ने भएकोले परीक्षा यथा समयमा सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्रालयका  प्रवत्ता  दीपक शर्माले इडियु पत्रसंग प्रतिक्रिया दिँदै भने, ‘परीक्षा निर्धारित समयमा नै हुन्छ, अहिले नेपालमा कोरोना भित्रिएको छैन ।’

‘मन्त्रालयले​​ वर्तमान अवस्थाको अध्ययन नजिकबाट गरिरहेको छ, अहिलेसम्म हाम्रो देशमा डराउनु पर्ने अवस्था नभएको हुँदा परीक्षा सर्दैन ।’ प्रवत्ता शर्माले भने, ‘भाइरसको उत्पत्ति हाम्रो देशबाट भएको होइन तर यसको रोकथामका लागि गर्न सक्ने सबै उपाय अपनाउँछौं अहिले नै परीक्षा स्थगित गर्दैनौं ।’

+2 School
Counseling
Bachelors Portal