SEE Result 2082

कर्मचारी स्पष्टीकरणमा परे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । 

चैत्र १४ गते मन्त्रालयभित्रका सम्पूर्ण महाशाखा तथा शाखामा गरिएको सिट छड्केमा २० जना कर्मचारी हाजिर गरी मन्त्रालयबाट बाहिरिएको गएको पाइएको थियो ।

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले बताएको छ। 

यस्ता किसिमका अनुगमन तथा छड्के मन्त्रालय अन्तर्गतका विभाग तथा कार्यालयमा समेत निरन्तर रूपमा हुने र कार्यालय समयमा बिनाजानकारी   अनुपस्थित हुने तथा तोकिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीउपर कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत मन्त्रालयले जनाएको छ। 

साथै कार्यसम्पादनको आधारमा कर्मचारीको मूल्याङ्कन गरी सोहीबमोजिम प्रोत्साहन गरिने व्यहोेरा समेत जानकारी दिइएको छ।

स्मरण रहोस्, शिक्षा मन्त्रालय रहेकै भवनको तल्लो तलामा सतर्कता केन्द्र छ र केन्द्रले अन्य निकायमा कर्मचारीको उपस्थितिका बारेमा छड्के गर्ने गरे पनि शिक्षा मन्त्रालयमा भने त्यस्तो छड्के गर्ने गरेको छैन ।

+2 School
Counseling
Bachelors Portal