SEE Result 2082

सर्वोच्च अदालतले  पुस २७ गते पाठ्यक्रम सम्बन्धी मुद्दामा बृहत छलफल गर्ने

सर्वोच्च अदालतले  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ विरुद्ध को मुद्दामा पुस २७ गते बृहत छलफल गर्ने भएको छ ।

सर्वोच्चमा हिजो न्यायाधीशहरू टंकबहादुर मोक्तान र प्रकाशकुमार ढुंगानाको इजलासले सुनुवाइ गर्दै पुस २७ गते बृहत् छलफल गर्ने आदेश दिएको हो ।

हिजोको इजलासले सो दिन दुवै पक्षलाई सुनुवाइका निम्ति कागजातसहित उपस्थित हुन आदेश दिएको छ । पाठ्यक्रम विकास केन्द्रका प्रवत्ता गणेशप्रसाद भट्टराईले मुद्दा चाँडो टुंगो लगाउन आफूहरुले अदालतको ध्यानाकर्षण गराएको बताए । नेपाल सरकारले सो पाठ्यक्रम प्रारूप लागु गरेपछि अधिकांश विद्यालयले सोही अनुसार शिक्षण गर्दै आएका छन् ।

गत कार्तिक १९ गते सर्वोच्च अदालतले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ लाई कार्यान्वयन नगर्ने अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

भगवता अर्याललगायतका समूहले गत असोज २८ गते दर्ता गराएको सो मुद्दाको पेसी सातौं पटक सम्म हुन सकेको थिएन । यसअघि सो मुद्दाको पेसी असोज ३० को पेसी सारेर कार्तिक २६, मंसिर ४, मंसिर २४ बाट फेरी पुस ६ गतेबाट १३ गते र १३ गते स्थगित गर्दै असोज २० लाई तोकेको थियो ।

+2 School
Counseling
Bachelors Portal