SEE Result 2082

शिक्षक सेवा आयोगले शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने

शिक्षक सेवा आयोगले गत असोजमा लिएको शिक्षक अध्यापन अनुमति पत्र लाइसेन्सको नतिजा सार्वजनिक हुने बितिकै शिक्षक छनौटका लागि खुला विज्ञापन गर्ने भएको छ ।

शिक्षक छनौटका लागि साबिककै अवस्थामा तीनै तहमा खुला विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो । कक्षा ११ र १२ लाई माध्यमिक तह बनाइ सकेपछि नियमावलीमा केही संशोधन गर्नुपर्ने भएकाले अहिलेलाई तीन तहका लागि नै विज्ञापन गर्ने तयारी गरिरहेको आयोगले जानकारी दियो । 

आयोगले फागुन अन्तिमसम्म लाइसेन्स परीक्षाको सबै तहको नतिजा सार्वजनिक गरी सक्ने  र तत्काल खुला विज्ञापन गर्ने तयारी गरिरहेको छ ।खुला विज्ञापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी पठाउने बितिकै आयोग विज्ञापनको प्रक्रियमा जाने आयोगका सूचना अधिकारी दामोदर आचार्यले जानकारी दिए ।

आयोगका अनुसार  लाइसन्सको उत्तरपुस्तिका धमाधम परीक्षण भइरहेको छ । अध्यापन अनुमति पत्र लाइसेन्सको परीक्षामा माविका लागि १ लाख १ हजार ९९०, निमाविका लागि ५६ हजार १४० र प्राविका लागि ६६ हजार ५९५ गरी २ लाख २४ हजार ७२५ जना परीक्षार्थीले परीक्षा दिएका थिए । 

+2 School
Counseling
Bachelors Portal