SEE Result 2082

शिक्षक सेवा आयोगले पूर्णता पायो, आयोगले छिट्टै प्रतिस्पर्धाका लागि विज्ञापन गर्ने

रिक्त भएको एक वर्ष पुग्नलाग्दा शिक्षक सेवा आयोगले पूर्णता पाएको छ । सरकारले रिक्त रहेको अध्यक्ष पदमा पूर्व सचिव मधुप्रसाद रेग्मीलाई  र सदस्यमा नन्दकुमारी महर्जन र डा.डिल्लिराम रिमाललाई नियुक्ति गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

 आयोगका नवनियुक्त अध्यक्ष मधुप्रसाद रेग्मी

नियुक्तिका लागि सिफारिस भएको ९ महिना बित्न लाग्दा पूर्व छनोट समितिले सिफारिस गरेका तीनैजनालाई आज नियुक्त गरेको हो । तत्कालीन लोक सेवा आयोका प्रमुख उमेशप्रसाद मैनाली अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटा र तत्कालीन शिक्षा सचिव गोपीनाथ मैनाली सदस्य रहेको सिफारिस समितिले गत पुसमा तीनै जनालाई नियुक्तिकालागि सिफारिस गरेको थियो ।

अध्यक्ष पूर्व सचिव हुन् भने महर्जन जनसेवा मावि कीर्तिपुरकी सेवा निवृत्त प्रधानाध्यापक र रिमाल शिक्षा मन्त्रालयका पूर्व सहसचिव भएर आफ्नो कार्यभार सम्हाली सकेका छन् ।

पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो पक्षका मान्छेको सिफारिस नपरेको भन्दै सो सिफारिसलाई हस्क्षेपपूर्ण तरिकाले आलटाल गर्दै आएका थिए ।

आयोग गत असोजदेखि अध्यक्ष विहीनथियो । त्यस्तै अघिल्लो वर्षको असारमा सदस्य ज्ञानी यादव र अर्का सदस्य सिताराम पोख्रेलको पदावधि २०७५ मंसिरमा सकिएको थियो । सो समय देखि तीनै पद रिक्त अवस्थामा रहेका थिए ।

लामो समयदेखि पदाधिकारी विहीन हुँदा आयोगको दैनिक प्रशानिक कार्य प्रभावित भएको प्रशासकीय प्रमुख दिनेशकुमार श्रेष्ठले बताए । ‘आयोग एक वर्ष अगाडिदेखि अपूर्ण हुँदा दैनिक सम्पादन गर्नुपर्ने कार्यका साथै शिक्षक पदपूर्ति गर्न नसकिएको, अध्यापन अनुमति पत्र (लाइसेन्स) मा देखिएको त्रुटि सच्याउन, कानुनी प्रक्रियाका लागि जवाफ दिन समस्या थियो’ प्रमुख श्रेष्ठले भने, ‘आयोगले जीवन्तता पाएँसंगै शिक्षक छनोटका लागि आन्तरिक तथा खुला परीक्षाका लागि विज्ञापन गर्छौं ।’

+2 School
Counseling
Bachelors Portal