SEE Result 2082

विश्वविद्यालय केन्द्रीय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको बन्दप्रति  संघको ध्यानाकर्षण

काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले गत शुक्रवारदेखि काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थी संगठनले गरेको बन्द प्रति  संघको ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरुले पाउनु पर्ने सहज र गुणस्तरीय शिक्षा तथा विद्यार्थीहरुले उठाएका शैक्षिक उनन्यनका कुराहरु यथाशिघ्र सम्बोधन हुनुपर्ने माग समेत गरेको छ ।तर, माग राख्दा कुनै पनि प्रकारले कसैलाई  मर्का पर्न नहुने विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘नेपालमा उच्च शिक्षाको अवस्था दिन प्रतिदिन कमजोर हुदै जानु, विश्वविद्यालयहरुमा सिट भन्दा कम विद्यार्थी हुनु र अधिकतम विद्यार्थीहरु स्नातक तहको उच्च शिक्षाका लागि नै विदेश पलायन हुनाले नेपाली शिक्षा क्षेत्रमा भय तथा दवाव सिर्जना भई सकेको छ । यस परिप्रेक्षमा विश्वविद्यालयले नयाँ विद्यार्थी भर्ना आह्वान गरेको समयमा केन्द्रीय कार्यालय तथा परिक्षा नियन्त्रण कार्यालय नै बन्द हुँदा नकारात्मक सूचना प्रवाह भई सम्भावित विद्यार्थीहरु हतोत्साहित हुन सक्ने परिस्थिति सिर्जना भएको छ। साथै यस स्थितिमा केन्द्रीय कार्यालयले नयाँ भर्ना समबन्धि तथा अन्य दैनिक कार्यहरु समेत गर्न नसक्ने, परिक्षा नियन्त्रण कार्यालयबाट विभिन्न काउन्सिल सम्बन्धि परिक्षाहरु तथा थप उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुलाई आवश्यक पर्ने कागजातहरु समेत उपलब्ध गराउन नसक्ने वातावरण भएकाले विश्वविद्यालय प्रशासन तथा विद्यार्थी संगठनलाई यथाशिघ्र जिम्मेवारीपूर्वक समस्या समाधान गर्न अनुरोध गर्दछौं।’ विज्ञप्तिमा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal