SEE Result 2082

विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्नुपर्छ

ललितपुर, १ असोज ९रासस० ः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्न खाँचो रहेको बताउनुभएको छ । 

छैटौँ विज्ञान दिवसका अवसरमा मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीतिक क्रान्ति सकिएको छ, अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति हुनुपर्छ ।” 

मन्त्री पोखरेलले विद्यालय तहबाट नै प्राविधिक शिक्षा लागू हुनुपर्नेमा जोड दिदैं कक्षा १२ सम्म जीवनउपयोगी शिक्षा अनिवार्य गर्नुपर्ने खाँचो रहेको आवश्यकता औल्याउनुभयो । 

“प्राविधिक शिक्षा अनिवार्य गरेर पाठ्यक्रम संरचना स्वीकृत भएको छ”, उहाँले भन्नुभयो, “सरकारले १४० विद्यालयमा प्राविधिक शिक्षा पढाउन अनुमति दिएको र आगामी दिनमा पनि अरू विद्यालयमा यस्ता स्वीकृति दिइने कार्यलाई निरन्तरता दिइनेछ ।” सरकारले २०६१ मा बनेको विज्ञान नीति संशोधनको तयारीसमेत गरेको मन्त्री पोखरेलले बताउनुभयो । 

पूर्वमन्त्री गणेश साहले अबको २० वर्षपछि पनि उपयोगी हुने खालका विज्ञान नीति बनाउनुपर्नेमा जोड दिदैं खोज र अनुसन्धानका लागि राज्यले एउटा कोष खडा गर्नुपर्ने बताउनुभयो । 

मन्त्रालयका सचिव खगराज बरालले विज्ञान विषय लाई सहज बनाइनुपर्नेमा जोड दिदै “यसलाई गाह्रो विषय बनाएकाले नै धेरै विद्यार्थीले पढ्न चाहेका छैनन् भन्नुभयो ।” 

+2 School
Counseling
Bachelors Portal