माविको पुनर्योगमा नतिजा फेरबदल भएन

शिक्षक सेवा आयोगले गरेको माध्यमिक तहको पुनर्योगको नतिजामा कुनै फरेबदल नभएको जनाएको छ ।

आयोगले गत वैशाख २० गते प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजामा चित्त नबुझी पुनर्योगका लागि निवेदन दिने उम्मेदवारहरुको नतिजा पुनर्योग गर्दा साविकको नतिजामा कुनै फेरबदल नभएको जानकारी दियो ।

आयोगको आजको निर्णय अनुसार माविको पुनर्योग गर्दा नतिजामा फेरबदल नभएको जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal