SEE Result 2082

राहत शिक्षक र शिक्षा मन्त्रीविच भोलि औपचारिक वार्ता हुने

गत असोज ३ गतेदेखि निरन्तर आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच भोलि बिहान बार्ता हुने भएको छ । राहत शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले औपचारिक रुपमा वार्तामा बोलाएपछि आन्दोलनरत राहात शिक्षक वार्तामा जाने भएका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा घोषित आन्दोलन गत असोज ५ गते सात सरकारसंग बुँदे सम्झौता गर्दै स्थगित भएको भए पनि राहत शिक्षकले उक्त सम्झौतामा असहमति जनाउँदै सडक आन्दोलन निरन्तर जारी राखेका छन् ।

सरकारले आफ्नो माग सम्बोधन गरे आन्दोलन स्थगित गरेर कक्षा कोठमा फर्किने तर आफ्ना माग सम्बोधन नहुने भए आन्दोलन जारी राख्ने राहात शिक्षक संघका अध्यक्ष खेम अधिकारीले बताए । ‘हामी वार्तामा पनि जान्छौं आन्दोलन पनि जारी राख्छौं ।’ उनले भने, ‘सरकारले हाम्रो सम्बोधन गर्ने प्रतिवद्धता जनाउने बितिकै सडक छाडेर कक्षाकोठामा छिर्छौं ।’

सरकारले गत भदौ २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयक , २०८० को विरोधमा राहत शिक्षक निरन्तर आन्दोलन गरिरहेको छ ।

राहत शिक्षकहरूका असहमतिहरूलाई वार्ताबाटै निकास निकाल्नु पर्ने भन्दै नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालय यसअघि पटकपटक छलफलमा बसेको मन्त्रालयका उच्च अधिकारीहरु बताउँछन् ।

अध्यक्ष अधिकारीका अनुसार आज पनि शिक्षा मन्त्री र आन्दोलनरत शिक्षकहरुका विच छलफल भएको थियो । आजको छलफलपछि मन्त्रालयले वार्ताका लागि औपचारिक पत्राचार गरेको अध्क्षय अधिकारीले बताए ।

+2 School
Counseling
Bachelors Portal