SEE Result 2082

अत्याधिक चिसोका कारण नगरभित्रका सबै विद्यालयलाई तीन दिने छुट्टि

विगत केही दिनयता बढ्दो शीतलहर तथा चिसोलाई मध्यनजर गरी सिरहा नगरपालिकाले आजदेखि तीन दिन नगर क्षेत्रका विद्यालयमा बिदा दिएको छ । शैक्षिक क्यालेन्डर २०७७ को वर्षे बिदाबाट कट्टा हुने गरी माघ १४ देखि १६ गतेसम्म नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिइएको हो ।

बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेपछि चिसो छल्न सिरहा नगरपालिकाले आजदेखि शुक्रबारसम्म नगर क्षेत्रका सबै विद्यालयमा बिदा दिएको नगरपालिका प्रमुख अशेश्वर प्रसाद यादवले जानकारी दिए । चिसोका कारण रुघाखोकी, ज्वरो, झाडापखालालगायतका स्वास्थ्य समस्या बढ्दै गएपछि नगर क्षेत्रका विद्यालय विदा गरिएको हो ।

चिसोका कारण विद्यालयमा अध्ययन, अध्यापन गर्न कठिनाइ भइरहेकाले विद्यालयमा बिदा दिने निर्णय भएको उनले बताए । बिहानैदेखि लाग्ने बाक्लो हुस्सु र तुषारो परेर अत्यधिक चिसो बढ्न थालेपछि जिल्लाको जनजीवन कष्टकर बनेको छ ।

चिसो बढेपछि सर्वसाधारण बजार, चोक चौराहमा कम देखिएका छन् । छ । यसैबीच चिसो बढ्दै गएपछि सुरक्षाकर्मीले जिल्लाका विभिन्न स्थानमा आगो बाल्न दाउरा वितरण गरेको छ ।

+2 School
Counseling
Bachelors Portal