खुला विश्वविद्यालयका तीन जना डिनले कार्यभार सम्हाले

नेपाल खुला विश्वविद्यालयका तीन ओटा संकायले करिब दुई  वर्ष पछाडि डिन पाएको छ । रिक्त भएको १९ महिनापछि विज्ञान, स्वास्थ्य तथा प्रविधि, व्यवस्थापन तथा कानुन संकाय र समाजिक विज्ञान तथा शिक्षा संकायमा डिन नियुक्त भएका छन् ।

तीनै संकायमा क्रमशः प्राडा केदार प्रसाद रिजाल, प्राडा अरहण स्थापित, र  डा. खगेन्द्र प्रसाईं नियुक्त भएका छन्। तीनै जनाले २६ गतेदेखि नै कार्यभार सम्हालिसकेका छन् ।२०७८ भदौदेखि व्यवस्थापन तथा कानुन संकाय र समाजशास्त्र तथा शिक्षा संकाय डिनविहीन भएको थियो । भने २०७८ पुसदेखि विज्ञान, स्वास्थ्य तथा प्रविधि संकाय पनि डिनविहीन बनेको थियो।

राजनीति खिचातानीको कारण डिन नियुक्त हुन नसक्दा विश्वविद्यालयको प्रशसनिक कार्य प्रभावित  भए पछि गत फागुनमा कार्यकारी परिषद्ले  प्राडा राजेन्द्र ध्वज जोशीको संयोजकत्वमा पाँच सदस्यीय सर्च कमिटि गठन गरेको थियो । नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ (संशोधन) को दफा २० (३) बमोजिम सोही ऐनको दफा २३ (१) अनुसार ४ (चार) वर्ष पदावधि रहने गरी डिन पदमा नियुक्ति दिएको हो ।

+2 School
Counseling
Bachelors Portal