SEE Result 2082

लेखापरीक्षकको व्यावसायिक शिक्षाबाट तीन जना दीक्षित

सर्वोच्च लेखापरीक्षण संस्थाहरुको अन्तर्राष्ट्रिय सङ्गठन (इन्टोसाई) द्वारा सञ्चालित सरकारी लेखापरीक्षकका लागि व्यावसायिक शिक्षा (पिइएसए–पी) कोर्स अध्ययन गर्ने तीन जना वरिष्ठ कर्मचारी दीक्षित भएका छन् ।

महालेखापरीक्षक कार्यालयको ६६औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित  कार्यक्रममा सभामुख देवराज घिमिरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

 दीक्षित हुने कर्मचारीमा महालेखापरीक्षक कार्यालयका नायव महापरीक्षक श्यामप्रसाद भण्डारी, (सर्टिफाइड पर्फेमेन्स अडिटर),  निर्देशक टीकानाथ अर्याल (सर्टिफाइड कम्प्लायन्स अडिटर) र निर्देशक सिर्जना रिमाल (सर्टिफाइड पर्फेमेन्स अडिटर) रहेकाछन् ।

+2 School
Counseling
Bachelors Portal