SEE Result 2082

सवारी दुर्घटनामा परी सीटीईभीटीका निर्देशक केसीसहित तीन जना बेपत्ता

सुनकोशी नदीमा आज बिहान ११ बजे  भएको सवारी दुर्घटनामा परी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का निर्देशक  सहसचिव कृष्णबहादुर केसी सहित तीन जना बेपत्ता भएका छन् ।

भक्तपुर सानोठिमीबाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट सुनकोशी नदीमा खस्द  बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार स्कोर्पियोमा चार जना सवार रहेकोमा चालक दाङ राप्ती गाउँपालिका–६ का ३१ वर्षीय कृष्ण चौधरी पौडी खेली बाहिर निस्कन सफल  भए भने अन्य तीन जना बेपत्ताभएका हुन् ।

बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भई सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वी नवलपरासी प्रगति नगरपालिका–७ का घर भई हाल योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेल र इलाम घर भई हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल रहेकाछन् ।

सडकबाट गाडी करिब एक सय ५० मिटर तल रहेको सुनकोशी नदीमा खसेको थियो । घाइते चालक चौधरीको मुख र हातमा चोट लागेको र उनको हाल शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको प्रहरीले जानकारी दियो ।

 

+2 School
Counseling
Bachelors Portal