SEE Result 2082

एसइई नतिजापछि विद्यार्थीका लागि सुझाव

यस वर्षको एसईईको नतिजा छिट्टै सार्वजनिक हुँदैछ । यो परीक्षा विद्यार्थीहरूको उच्च शैक्षिक यात्राको नयाँ गोरेटो हो भने भविष्यको क्यारियरको लागि महत्त्वपूर्ण चरण हो । एसईईको नतिजापछि विद्यार्थीहरूले सही निर्णय र योजना बनाएर आफ्नो भविष्यको शैक्षिक यात्रा रूची, खूबी र क्षमताका आधारमा प्रारम्भ गर्नुपर्छ । अभिभावक अथवा स्वयम् विद्यार्थीहरूलाई तलका केही स्वमूल्याङ्कनले एसईई नतिजापछि सही निर्णय लिन मद्दत गर्न सक्छन्:

१) नतिजा विश्लेषण गर्नुहोस्

क) नतिजा हेर्नुहोस्ः आफ्नो एसईई नतिजा सावधानीपूर्वक हेर्नुहोस् र प्राप्त ग्रेडहरूको विश्लेषण गर्नुहोस्।

ख) कमजोरी र बलियो पक्ष पहिचान गर्नुहोस्ः कुन विषयमा बलियो र कमजोर हुनुहुन्छ भन्ने विश्लेषण गर्नुहोस्।

२) विषय चयन गर्नुहोस्

विद्यालय तह ११ र १२ मा संकाय भन्ने त छैन यद्दपी रुचिअनुसार तलका क्षेत्र रोज्न भने सकिनेछ

क)    विज्ञानस् मेडिकल, इञ्जिनियरिङ, बायोटेक्नोलोजी आदि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले विज्ञान विषय चयन गर्न सक्छन्।

ख)    व्यवस्थापनस् व्यापार, व्यवस्थापन, र इकोनोमिक्समा रुचि भएका विद्यार्थीहरूले व्यवस्थापन विषय चयन गर्न सक्छन्।

ग)    मानविकीस् कला, साहित्य, समाजशास्त्र, मनोविज्ञान आदि क्षेत्रमा रुचि भएका विद्यार्थीहरूले मानविकी विषय चयन गर्न सक्छन्।

घ)    प्राविधिक र व्यावसायिक शिक्षास् व्यावहारिक र प्राविधिक सीपमा रुचि भएका विद्यार्थीहरूले प्राविधिक र व्यावसायिक शिक्षा चयन गर्न सक्छन्।

ङ)    शिक्षास् शिक्षणमा रुचि भएका विद्यार्थीहरूले शिक्षा चयन गर्न सक्छन्।

३) परामर्श लिनुहोस्

क)    शिक्षकसँग परामर्श गर्नुहोस्स् आफ्नो भविष्यको अध्ययन र क्यारियर योजना बनाउन शिक्षकहरूसँग परामर्श गर्नुहोस्।

ख)    अभिभावकको सहयोगस् अभिभावकसँग छलफल गरी सही निर्णय लिनुहोस्।

४) शिक्षण संस्था छनौट गर्नुहोस्

क)    कलेजहरूको जानकारी लिनुहोस्स् विभिन्न कलेज तथा शिक्षण संस्थाहरूको जानकारी लिनुहोस् र उनीहरूको शैक्षिक कार्यक्रमबारे बुझ्नुहोस्।

ख)    प्रवेश परीक्षाः कलेज प्रवेश परीक्षा तथा छात्रवृत्ति परीक्षा र उनीहरूको प्रक्रिया बारे जानकारी लिनुहोस्।

+2 School
Counseling
Bachelors Portal