SEE Result 2082

करार सूचीका ११ जना उम्मेद्वारलाई काठमाडौं महानगरले सट्टा शिक्षक नियुक्त गर्ने

काठमाडौं महानगरपालिकाले  करार सूचीका शिक्षकलाई सूचीकृत हुन आव्हान गरेको छ।  

महानगरपालिकाअन्तर्गतका विद्यालयका कार्यरत स्थायी  शिक्षकलाई  स्रोत शिक्षकमा नियुक्ति  गर्दा रिक्त भएको पदमा सट्टा शिक्षकका रुपमा नियुक्ति गर्न विद्यालयमा सिफारिस गर्ने प्रयोजनका लागि सूचीकृत हुन आव्हान गरेको हो ।

 शिक्षक सेवा आयोगले गत मंसिर १९ गते प्रकाशन गरेको बागमती प्रदेशको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रमको सूचीमा रहेका इच्छुक उम्मेद्वारहरुलाई पुस २५ गतेभित्र सूचीकृत गर्न आव्हान गरेको छ ।

काठमाडौं महानगरपालिका, शिक्षा विभागमा आवश्यक कागजात सहित  सूचीकृत हुन करार सूचीमा सूचीकृत भएका उम्मेदवारलाई आव्हान गरेको हो ।सूचीकृत भएकामध्येबाट योग्यताक्रमका आधारमा स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८० ले तोकेबमोजिम सेवा सुविधा प्राप्त गर्ने गरी  २०८१ असार मसान्तसम्म सट्टा शिक्षकका रुपमा नियुक्ति गर्न महानगरले जारी गरेको सूच्नामा उल्लेख गरेको छ । नेपाली,अंग्रेजी, सामाजिक, विज्ञान, गणित विषयका ११ जना शिक्षकलाई सट्टामा नियुक्त गर्ने महानगरले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal