SEE Result 2082

त्रिविका आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइने

त्रिभुवन विश्वविद्यालयका आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको छ । उच्च शिक्षा ऐन, २०७६ (मस्यौदा) को परिच्छेद तीनको दफा ३० अनुसार त्रिविका आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको हो ।

त्रिविको पुनः संरचनाअनुसार त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं त्रिविको केन्द्रीय विश्वविद्यालयका रूपमा रहने भएको छ भने केही आंङ्गिक क्याम्पसलाई विश्वविद्यालय बनाइने भएको हो ।

मेची बुहुमुखी क्याम्पस, झापालाई त्रिभुवन विश्वविद्यालय, चन्द्रगढी, झापा, ठाकुराम बहुमुखी क्याम्प, बीरगंज, पर्सालाई त्रिभुवन विश्वविद्यालय, बीरगंज, पर्सा, पृथ्वी नारायण क्याम्पस पोखरालाई त्रिभुवन विश्वविद्यालय पोखरा कास्की महेन्द्र बहुमखी क्याम्पस नेपालगंजलाई त्रिभुवन विश्वविद्यालय, नेपालगंज, बाँके गरी त्रिभुवन विश्वविद्यालयको पुनःसरचना भएको हो ।

क्याम्पसहरू विश्वविद्यालयमा परिणत भएपछि सम्बन्धित प्रदेशमा रहेका अंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू तत् तत् विश्वविद्यालय अन्तर्गत राखिने भएको छ।

बाग्मती प्रदेश अन्तर्गत रहेका त्रिविका हालका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरू त्रिवि क्याम्स, (सेन्टर फर एक्सिलेन्सी) अन्तर्गत राखिने भएको छ ।

संघीय विश्वविद्यालयले सम्बन्धन दिन नपाउने

अब सघीय विश्वविद्यालयले कुनै पनि क्याम्पसलाई सम्बन्धन दिन नपाउने भएका छन् । उच्च शिक्षा ऐन, २०७६ (मस्यौदा) को परिच्छेद तीन , दफा २२ अनुसार सो प्रावधान राखिएको हो । ऐन अनुसार यस्ता विश्वविद्यालयलाई आङ्गिक क्याम्पस स्थापना गर्ने अधिकार मात्र दिइने भएको छ ।

अब त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्विनी वौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय र नेपाल खुल्ला विश्वविद्यालय मात्र संघीय विश्वविद्यालयका रूपमा संचालन हुने भएका छन् । त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय, राजर्षी जनक विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, र सुदुर पश्चिम विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाइने भएको छ ।

उच्च शिक्षा ऐन, २०७६ को मस्यौदा (पूर्ण पाठ) चांडै प्रकाशित गर्ने छौं 

+2 School
Counseling
Bachelors Portal