SEE Result 2082

एसईईको केन्द्र बढाउन सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंंग समन्वय गर्नुपर्ने

२०७७ को माध्यमिक शिक्षा परीक्षा कक्षा ( एसईई) सञ्चालनको लागि केन्द्र थप गर्नुपरे शिक्षा विकास तथा समन्वय इकाइले सम्बन्धित प्रदेश शिक्षा विकास निर्देशनालयसंग समन्वय गर्नुपर्ने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले आज एक सूचना जारी गरी परीक्षार्थी सङ्ख्या बढी भई केन्द्र बढाउनु पर्ने भएमा उक्त कार्य गर्न इकाइलाई निर्देशन दिएको छ ।

बोर्डका उपनियन्त्रक चेतनाथ शर्माद्वारा हस्ताक्षरित सूचनामा परीक्षा व्यवस्थापनलाई सहज बनाउन प्राविधिक धार तथा ग्रेडबृद्धी तर्फका परीक्षार्थीहरूको परीक्षा केन्द्रहरू जिल्ला सदरमुकाम वा जिल्लाको सबै परीक्षार्थीलाई पायक पर्ने स्थानमा कायम गर्नु पर्ने उल्लेख गरिएको छ।

सो सूचनामा  एसईई सञ्चालनका लागि बोर्डको बेभसाइटमा राखिएको एक्सेल फरम्याट अनुसार परीक्षा केन्द्र र सो केन्द्र अन्तर्गत पर्ने समूह विद्यालयको नाम ९विद्यालय कोड समेत० सम्भव भएसम्म गत बर्ष कायम गरिएका केन्द्र सङ्ख्या नबढ्ने गरी आगामी चैत्र १० गते भित्र पठाउन सम्बन्धित इकाइलाई निर्देशन दिइएको छ ।

एसईईको प्रयोगात्मक प्राप्ताङ् पनि बोर्डको बेभसाइटमा राखिएको एक्सेल फरम्याटमा विद्यालयलाई इन्ट्रि गर्न लगाई सफ्ट कपी तथा हार्ड कपी एक र एक प्रति इकाइमा राखी एक प्रति यस कार्यालयमा पठाउन बोर्डले इकाईलाई सूचित गरेको छ ।

+2 School
Counseling
Bachelors Portal