SEE Result 2082

शिक्षाका कर्मचारीको सरुवा

शिक्षा सेवाअन्तर्गतका २३ जना कर्मचारीहरुको सरुवा गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन शाखाको सूत्रका अनुसार पाँच जना उपसचिवलाई सरुवा गरिएको छ । 

उपसचिव सविता दङ्गाललाई राष्ट्रिय परीक्षा बोर्डबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, जयराम अधिकारीलाई शिक्षा मन्त्रालयबाट विद्यालय शिक्षक किताबखानामा, शोभा अधिकारीलाई विद्यालय शिक्षक किताबखानाबाट शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा, बैकुण्ठ सुवेदीलाई शिक्षा विकास तथा समन्वय एकाइ कैलालीबाट कञ्चनपुर एकाइमा र भरतबाबु सुवेदीलाई कञ्चनपुर एकाइबाट कैलालीमा सरुवा गरिएको छ । यी उपसचिवहरूकाे समायाेजनमा स्थानीय तहमा परेका थिए । स्थानीय तहमा पदाधिकार रहेका यी उपसचिवकाे मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ ।

यसैगरी केही शाखा अधिकृतको पनि सरुवा गरिएको छ । भक्तपुर एकाइका खुलानाथ गौतमलाई रामेछाप एकाइमा, रामेछाप एकाइका भरत भट्टराईलाई ताप्लेजुङ् एकाइमा, मोरङ् एकाइका विजय मण्डललाई सिरहा एकाइमा र रौतहट एकाइका वरुणकुमार चौधरीलाई सर्लाही एकाइमा सरुवा गरिएको छ । चारै जनालाई एकाइको निमित्त प्रमुखको जिम्मेवारी दिइएको बुझिएको छ ।

त्यस्तै शाखा अधिकृत योगेश भट्टराईलाई ताप्लेजुङ् एकाइबाट भक्तपुर एकाइमा, शिव घिमिरेलाई झापा एकाइबाट मोरङ एकाइमा, उषा लामिछानेलाई युनेस्कोबाट विद्यालय शिक्षक किताबखानामा, इन्दिरा खड्कालाई शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट युनेस्कोमा, हर्षबहादुर सिंहलाई विद्यालय शिक्षक किताबखानाबाट शिक्षा मन्त्रालयमा, सुलोचना पराजुलीलाई शिक्षा मन्त्रालयबाट विद्यालय शिक्षक किताबखानाम र लक्ष्मण गिरीलाई अछाम एकाइबाट कैलाली एकाइमा सरुवा गरिएको मन्त्रालयको कर्मचारी प्रशासन शाखाका स्रोतले जानकारी दिएको छ ।

यसैगरी केही प्राविधिक सहायकको पनि सरुवा गरिएको जनाइएको छ ।

+2 School
Counseling
Bachelors Portal