SEE Result 2082

त्रिविका विद्यार्थीले होम सेन्टरबाट परीक्षा दिन पाउने

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । गत चैत्रबाट स्थगित त्रिविको परीक्षा सञ्चालन गर्नका लागि होम सेन्टरबाट परीक्षा दिन मिल्ने व्यवस्था गरेको हो ।

कोरोना संक्रमणको जोखिम संगै त्रिविले निर्धारण गरेको नजिकको परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाएपछि धेरै विद्यार्थीलाई काठमाडौँ आउँनै पर्ने बाध्यता टरेको छ ।

त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड–१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिए ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई आग्रह गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने व्यवस्था गरेको उनले बताए ।

विद्यार्थीले रोजेको स्थानीय परीक्षा केन्द्रबाटै विद्यार्थीले परीक्षा दिन पाउने भएपछि विद्यार्थीलाई केही राहात मिल्ने विश्वास लिएको उनले बताए । त्रिविले यही मङ्सिर दोस्रो हप्ताबाट स्थगित भएका सबै तहको परीक्षा गर्ने तयारी गरिरहेको छ । “हामीले परीक्षा केन्द्र तोकेका छौँ । अनलाइनमा आफूलाई नजिक पर्ने परीक्षा केन्द्र रोजेर परीक्षार्थीले परीक्षा दिने व्यवस्था गरेका छौँ,” उनले भने, “परीक्षा दिनकै लागि भनेर यसपटक विद्यार्थीले काठमाडौँ धाउनु पर्दैन, आफूलाई पायकपर्ने ठाउँबाटै परीक्षा दिन पाउछन् ।”

त्रिविले प्रवेशपत्र पनि अनलाइनबाट आफैँ विद्यार्थीले प्रिन्ट गरेर लिनेसक्ने व्यवस्था गरेको छ । कोभिड–१९ को कारणले गत चैत ७ गतेदेखि त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित भएका थियो । अत्यन्तै न्यून विद्यार्थी भएका संकाय वा विषयको परीक्षा भने त्रिविले अहिले पनि भौतिक दूरी कायम राखेर सञ्चालन गरिरहेको छ । त्रिविले एक दुई दिनभित्रमा सबै परीक्षाको कार्यतालिका प्रकाशन गरिने जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal