SEE Result 2082

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा

काठमाडौँ, २८ जेठ (रासस) : त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको ‘विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण’ विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनले उच्च शिक्षाको सुधारसम्बन्धी १७ बुँदे घोषणापत्र पारित गरेको छ ।

सोमबार सम्पन्न सो दुईदिने सम्मेलनले पाठ्यक्रम निर्माण लचिलो हुने र परम्परागत मानसिकता माथि उठ्ने, पाठ्यक्रम निर्माणमा बहुविधागत विषय संलग्न गराउने, विश्वका ख्यातिप्राप्त उच्च शैक्षिक संस्थासँग शैक्षिक सहकार्य गर्ने, अन्तर्राष्ट्रियकरणलाई महत्वपूर्ण रणनीतिको रुपमा अवलम्वन गर्ने, शिक्षकलाई आत्मनिर्णयको अधिकार उपलब्ध गराउने, अन्तर्राष्ट्रियस्तरका महत्वपूर्ण विषयवस्तु पाठ्यक्रम निर्माणमा संलग्न गराउनेलगायत बुँदा छन् ।

यसैगरी प्राध्यापकलाई थप सशक्तीकरण गर्दै समस्या समाधान गर्ने खालका शैक्षिक कार्यक्रम निर्माण गर्ने, अनुसन्धानलाई ग्राह्यता दिँदै अनुसन्धानमा बजेट बढाउनेलगायतका सङ्कल्प पारित भएको छ । सम्मेलनमा जम्मा १२ कार्यपत्र प्रस्तुत भएको थियो ।

विश्वस्तरमा ख्यातिप्राप्त १७ प्राध्यापक र त्रिभुवन विश्वविद्यालय सहभागी १५० प्राध्यापक एवं विभिन्न निकायका प्रमुखको सहभागितामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाले उक्त घोषणा गर्नुभएको हो ।

+2 School
Counseling
Bachelors Portal