त्रिविका अधिकारीनै गैरकानुनी काममा संलग्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च अधिकारीहरुनै गैरकानुनी कार्यमा संलग्न रहेको पाइएको छ ।  मानवशास्त्र केन्द्रिय विभागद्धारा १४ करोड रुपैंया बराबरको परियोजना गैरकानुनि ढंगले सञ्चालन भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

मानवशास्त्र केन्द्रिय बिभागले यू.एस.ए.आइ.डी संग अ स्टडी अन स्टेट अफ सोसल इन्क्लुजन इन नेपाल र ओपन सोसाईटी फाउण्डेसनको इन्क्लुसीभ डेमोक्रेसी एण्ड लोकल गभरनेन्स इन नेपाल नामक परियोजना सम्झौतामा विभागीय समितीको निर्णय बिना गैरकानुनी ढंगले परियोजना सञ्चालन हुँदै आएको छ । 

त्रिबी मानव शास्त्र केन्द्रिय बिभागद्धारा सञ्चालीत परियोजना बारे छानबिन गर्न गठीत छानबीन समितीले समेत परियोजनाको सञ्चालन प्रकृयासंगत नभएको निष्कर्ष निकालेको थियो । 



विभागको निर्णय बिना परियोजनाको प्रस्ताव विस्तृत प्राबिधीक प्रस्ताव सहित मानव शास्त्र केन्द्रिय विभागका तत्कालीन विभागीय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेति, प्रा.डा.विनोदप्रसाद पोखरेल, डा.मुक्तीसींह लामा र प्रा.डा.योगेन्द्र गुरुङले पेश गरेको पाईएको छ ।यस्तै, विश्वविद्यालयको छाप एवम् विभागको लेटर हेडको दुरुपयोग गरीएको पाइएको छ । त्रिबीको स्विकृतीबिना त्रीविको लेटरहेड र छापको दुरुपयोग गरीएको थियो । 

परियोजना सम्झौता भएपश्चात् शिक्षाध्यक्ष कार्यालयबाट विभागको अनुरोध अनुसार मानव शास्त्र केन्द्रिय विभागले वाह्य कोष तथा आर्थिक सहयोग प्राप्त गरी भविश्यमा कुनै अनुसन्धान गर्ने भएमा त्रिबीको आपत्ति नरहेने व्यहोरा उल्लेख गरी पत्र उपलब्ध गराएको देखिएको छ ।

छानविन समीतीमा प्रा.डा. अम्मरराज जोशी, प्रा.डा. निलमकुमार शर्मा, उपप्राध्यापक अवतार सुवेदी र राजेन्द्र खनाल रहेका छन् । 

मनलाग्दी पारीश्रमीक
परियोजना सञ्चालन भएपनि आन्तरीक र बाह्य लेखा परिक्षण नै नगरी मनपरी पारीश्रमीक दिने निर्णय गरेको पाइएको छ । परियोजना सञ्चालनका लागि सल्लाहकार समिती गठन गरी सल्लाहकारलाई प्रति वैठक १० हजार तोकिएको छ । रीसर्च फेलोमा कार्यरत बालकृष्ण मावहाङलाई सिनीयर रिसर्चमा नियुक्ती गरी १५ लाख रुपैंया पारीश्रमीक निर्धारण गरीएको छ । 


फिल्ड सर्भेका लागि ५५ जना फिल्ड रीसर्चर, १८ जना फिल्ड सुपरभाइजर र ११ जना  रिसर्च एसोसाइटिस् राखी मासिक तलब १३ हजार दिने निर्णय गरीएको छ । परियोजनाको कार्यक्रम व्यवस्थापकलाई मासिक दुइ लाख ९ हजार रुपैंया तोकिएको छ । 

यस्तै विभागद्धारा सञ्चालित परियोजनाले सामानहरु खरीद भइसकेपछि सामान खरीद गर्ने निर्णय गरेको पाइएको छ ।

 विभागले सञ्चालन गरेको परियोजनाका लागि तत्कालीन विभागीय प्रमुख प्रा.डा लयप्रसाद उप्रेति, प्रा.डा. विनोद पोखरेल र लेखा अधिकृत रत्नादेवि कँडेल मध्य दुइ जनाको संयुक्त हस्ताक्षेरबाट खाता खोलिएको छ । तर, परियोजना सञ्चालनका लागि खाता खोल्ने कार्य रजिष्ट्रार कार्यालयले दिएको अनुमतिपत्र प्राप्त गर्नुपूर्व भएको अध्ययन समितीको निष्कर्ष छ । 


अध्ययन समितीले  विश्वविद्यालयको परियोजना सञ्चालन सम्बन्धी स्विकृति एवम् पूर्व स्विकृति दिने विषय सम्बन्धी नियममा स्पष्टता आउनुपर्ने सुझाव दिएको छ । 

मानव शास्त्र केन्द्रिय विभागका प्रमुख डा. डम्वर चेम्जोङले प्रकृया संगत ढंगले परियोजना चलिरहेको बताए । उनले भने, ‘त्रिबी कार्यकारी परिषद्बाट पनि प्रकृया पुरा भएको छ । 

०७४ देखि सुरु भएको परियोजना सकिन नौ महिना बाँकि छ । ’ परियोजनाले शैक्षिक अनुसन्धानको काम गरीरहेको उनले बताए । अहिले बानेश्वरबाट परियोजना सञ्चालन भइरहेको छ । 

Degrees offered in nepal
Counseling
Bachelors Portal