SEE Result 2082

महामारी प्रभावित बालबालिकालाई भरोसा छात्रवृत्ति

कोरोना महामारीका कारण अभिभावक गुमाएर शिक्षाको अवसरबाट बञ्चित हुन पुगेका बालबालिकाको लागि भरोसा छात्रवृत्ति प्रदान गरिने भएको छ ।

नेपालको मानव विकास सूचकांक अन्तर्गत पिछडिएको जिल्लाहरु मध्ये प्रत्येक प्रदेशको जिल्लाबाट फ्याक्ट नेपालको सहयोगमा आवश्यक अनुसन्धान गरेर विद्यार्थी छानिने र विज्ञ समूहको सल्लाह सुझाव अनुसार डिस होम सञ्जाल मार्फत सहयोग पुर्याइने भरोसा छात्रवृत्ति अभियानकी संयोजक सीता थापाले जानकारी दिइन् ।

काङ्ग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापा, डिशहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य, तथ्याङ्क संकलनमा कार्यरत संस्था ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झा, सिन्धुपाल्चोक जिल्लालाई प्रमुख कर्मथलो बनाएर शिक्षा क्षेत्रमा कार्यरत संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामा र सामाजिक अभियन्ता चारु चड्डाले अभियानको नेतृत्व गरेका छन् ।

अभियानलाई ‘भरोसा छात्रवृत्ति अभियान’ नाम दिइएको छ । अभियानमा विद्यालय तहमा अध्ययनरत बालबालिकालाई मात्र समावेश गरिनेछ ।

संयोजक थापाले कोभिड महामारीका कारण अभिभावक गुमाएका बालकालिकाले राज्य, संघसंस्था र व्यक्तिगत तवरबाट तत्कालका लागि केही राहत पाएको भए पनि उनीहरुको शैक्षिक निरन्तरता चुनौतीपूर्ण हुने ठानेर आफूहरुले अभियान थालेको बताइन् । उनले पहिलो वर्षको छात्रवृत्तिका लागि आवश्यक रकमको जिम्मा डिशहोम नेटवर्कले लिएको र आगामी वर्ष अभियानमा संलग्न सबै र सहयोगी हातहरुलाई अपिल गरेर अभियान निरन्तर अगाडि बढाउने योजना रहेको जानकारी दिइन् ।

हालका लागि छात्रवृत्तिमा आवश्यक रकमको जोहो डिशहोम परिवार (लगानीतकर्ता, कर्मचारी, देशभरका डिलर तथा शब डिलर) ले गर्नेछ । यो वर्ष ४० लाख रुपियाँ खर्च गर्ने कार्यक्रम रहेको डिशहोमका प्रबन्ध निर्देशक आचार्यले जानकारी दिए ।

 

+2 School
Counseling
Bachelors Portal