SEE Result 2082

त्रिविका २५ क्याम्पस अन्य विश्वविद्यालयमा गाभिए

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर लामो समयदेखि सञ्चालनमा आएका २५ वटा क्याम्पस अन्य विशवविद्यालयमा विधिवत रुपमा गाभिएका छन् । १० वटा क्याम्पस सुदूरपश्चिम विश्वविद्यालय र १५ क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा गाभिएका हुन् ।

अन्य विश्वविद्यालयमा गाभिएसंग २५ वटै क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको त्रिवि योजना निर्देशनालयले जानकारी दियो । २५ वटा क्याम्पस अन्त्र गाभिएसंगै अब त्रिविमा १ हजार ६१ क्याम्पस मात्र रहेका छन् ।

त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार बाजुरा क्याम्पस बाजुरा, दार्चुला बहुमुखी क्याम्पस दार्चुला, पाटन बहुमुखी क्याम्पस बैतडी, जगननाथ बहुमुखी क्याम्पस बैतडी, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ, बडिमालीका क्याम्पस बाजुरा, मनीलेख क्याम्पस बैतडीको सम्बन्धन खारेज भएको छ ।

त्यसैगरी भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, जलजला क्याम्पस लीबाङ, मुसीकोट खलङगा क्याम्पस रुकुम, जनता बहुमुखी क्याम्पस अछाम, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, बबइ बहुमुखी क्याम्पस गुलरीया, नारायण क्याम्पस दैलेख, भेरी शिक्षा क्याम्पस सुर्खेत, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेत, तीला कर्णाली बहुमुखी क्याम्पस कालीकोट, रारा बहुमुखी क्याम्पस मुगु, को सम्बन्धन खारेज भएको छ ।

यस्तै, गोकुलेश्वर बहुमुखी क्याम्पस गोकुलेश्वर, टीकापुर बहुमुखी क्याम्पस कैलाली, त्रिवेणी बहुमुखी क्याम्पस डडेलधुरा, दुर्गालक्ष्मी बहुमुखी क्याम्पस कैलाली, घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पस डोटी, श्री सीताराम क्याम्पस डोटी र कैलाली बहुमुखी क्याम्पस कैलालीको सम्बन्धन खारेज भएको त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहलले जानकारी दिए ।

+2 School
Counseling
Bachelors Portal