SEE Result 2082

त्रिविको डीन कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

नेपाल विद्यार्थी संघले आफ्ना मागको वेवास्ता गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका दुई संकायको डीन कार्यालयमा आज ताला लगाएको छ ।

नेविसंघले आफ्ना २० सूत्रीय मागलाई वेवास्ता गरी गैर कानुनी रुपले आर्थिक लेनदेन गरी पदाधीकारी नियुक्तगरेको आरोप लगाउँदै त्रिविको शिक्षाशास्त्र तथा मानवीकी संकायको डिन कार्यालयमा अनिश्चितकालीन तालबान्दी गरेको हो ।

नेविसंघ केन्द्रीय समिति तथा क्याम्पस इकाइ समितिले पटक पटक त्रिवि पदाधिकारी समक्ष बुझाएको ज्ञापन पत्रको वेवास्ता गरी त्रिविलाई नेकपाको भर्ति केन्द्र बनाएको आरोप लगाउँदै ताला लगाएको आज त्रिवि इकाइ समितिका सचिव योगेन्द्र रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा एक साता अघि नै नेविसंघले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा ताला लगाएको उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal