SEE Result 2082

सबै क्याम्पसमा यस वर्षबाटै स्नातक तहलाई चार वर्षे बनाउँछौः डिन, प्रा. शिवलाल भुसाल (अन्तर्वार्ता)

त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि लागु हुने गरी मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ चार वर्षे बनाउने तयारी गरेको छ । डिन कार्यालयले चारवर्षे बिएका लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । यसैसन्दर्भमा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा. शिवलाल भुसालसंग इडियु सञ्जालले गरेको कुराकानीको सारसंक्षेपः 

के यसै वर्षदेखि स्नातक तह तर्फ चार वर्षे बनाउने तयारी हो ? 
हो, यस वर्षदेखि बिएलाई चारवर्षे बनाउँदै छौ । स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएका छन् । जसमध्ये चार विषयले कोर्स तयारी गरेका छन् । त्रिवि  सम्बन्धन प्राप्त देशैभरका क्याम्पसमा यस वर्ष देखि लागु हुने गरी स्नातक तहलाई चार वर्षे बनाईदैछ । 


त्यसका लागि त पाठ्यक्रम पनि आवश्यक पर्ला त ? 
पाठ्यक्रम निर्माणको अन्तिम चरणमा छौं । २६ साउनमा पुनः वैठक बसेर भदौबाटै पाठ्यक्रम निर्माण भइसक्नेछन् । 

+2 School
Counseling
Bachelors Portal