विद्यावारिधि अध्ययन गर्न पूर्वस्वीकृति लिनुपर्ने सम्बन्धि सूचना : त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय, कीर्तिपुरले शैक्षिक सत्र २०७६/०७७ मा विद्यावारिधि अध्ययन गर्न चाहनुहुने त्यस विभाग क्याम्पसका शिक्षक कर्मचारीहरुले त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवा सम्बन्धी नियम २०५० तथा शिक्षाध्यक्षको कार्यालय समन्वय महाशाखाको परिपत्र अनुसार पूर्वस्वीकृति लिनुपर्ने प्रावधान रहेकाले विद्यावारिधि गर्न इच्छुक शिक्षक कर्मचारीहरुले २०७६ असारमसान्त भित्रमा पूर्वस्वीकृतिका लागि त्रि.वि. समन्वय महाशाखामा आवेदन दिनुपर्ने जानकारी सम्बन्धित सबैलाई गराइदिनहुन समन्वय महाशाखाको परिपत्रसहित अनुरोध गरेको छ ।


+2 School
Counseling
Bachelors Portal