SEE Result 2082

त्रिविको पठनपाठन बन्द, परीक्षा र प्रशासनिक कार्य यथावत

शिक्षा मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेसंगै विभिन्न निकायले मिश्रित प्रतिक्रिया सहित कारबाही सुरु गरेका छन् ।

वायु प्रदुषणको कारण जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गद मन्त्रालयले सम्पूर्ण शिक्षण संस्था चैत्र २० गतेसम्म बन्द गरेसंगै त्रिभुवन विश्वविद्यालय (त्रिवि) र केही स्थानीय तहले यस्तो कारबाही सुरु गरेका हुन् ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले केही समय अघि एक सूचना जारी गरी विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भएकोले यस गम्भीर अवस्थालाई दृष्टिगतगरी नियमित प्रशासनिक कार्यहरू यथावत राखी २० गतेसम्म पठनपाठन बन्द गर्ने जनाएको छ ।

त्रिविले पूर्वनिर्धारित कार्य तालिका अनुसार स्वास्थ्य सजगता अपनाउँदै चालु परीक्षा भने यथावत राख्ने सो सूचनामा उल्लेख गरिएको छ ।

भिमाद नगरपालिकाका विद्यालय सूचारु

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रतिकूल मौसमका कारण विद्यालय बन्द गर्न दिएको निर्देशनलाई अस्वीकार गर्दै तनहुँ जिल्लाको भिमाद नगर कार्यपालिकाले विद्यालय नियमित रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले  मन्त्रालय सार्वजनिक गरेको सूचना लगतै एक सुचना जारी मन्त्रालयले बन्द गर्ने निर्णय गरेको सबै दिन विद्यालय सूचारु राख्ने निर्णय गरेको हो ।

नगरपालिका भित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुनाले विद्यालय नियमित सञ्चालन गरिने नगर प्रमुख मेखबहादुर थापाले बताए ।

+2 School
Counseling
Bachelors Portal