SEE Result 2082

त्रिविका परीक्षार्थीले खोप लगाउन पाउने

सरकारले विभिन्न विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा सहभागी परीक्षार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको सचिव स्तरीय निर्णयानुसार त्रिवि लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थीहरुलाई परीक्षाको प्रवेश पत्रका आधारमा जिल्ला खोप समन्वय तथा अनुगमन समितिबाट खोप  केन्द्र र मिति निर्धारण गरी खोप प्रदान गर्ने भएको हो ।

कोभिड १९ रोग विरुद्धको खोपको पहिलो मात्रा दिने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखेलद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

खोप केन्द्रमा पुगेका  विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लिएर जानु पर्ने स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए ।उनका अनुसार काठमाडौंको प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधास्वामी आइसोलेसन खोप केन्द्रमा विद्यार्थीलाई खोप लगाउने व्यवस्था गरिएको छ ।

त्रिविले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ ।त्रिविका अनुसार दुवै तहको परीक्षमा करिब ६० हजार विद्यार्थी छन् । विगत केही दिन यता परीक्षार्थीले खोपको माग गर्दै राजधानीका विभिन्न क्याम्पसको मुलगगेटमा नाराबाजी गर्दै आएका थिए । नारा जुलुसमा जान नडराउने विद्यार्थी परीक्षा हलमा छिर्न डराएपछि तत्काललाई संक्रमणबाट जोगाउने उद्देश्यले परीक्षार्थीलाई मात्र खोपको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal