SEE Result 2082

त्रिविले प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता साउन १७ देखि गर्ने

त्रिभुवन विश्वविद्यालयले प्राध्यापक तथा सहप्राध्यापक पदपूर्ति गर्न लिखित परीक्षामा छनोट भएका उम्मेदवारहरुको अन्तर्वार्ता साउन १७ गते देखि गर्ने भएको छ ।

सेवा आयोगको कार्यलयले २०७७-०७८ मा विभिन्न विषयहरुको आन्तिरिक तथा खुल्ला प्रतियोगिताको माध्यमबाट छनोट भएका उम्मेदवारहरुको अन्तर्वाता सो मितिमा लिने भएको हो ।

आयोगले आज एक सूचना जारी गरी आवश्यक कागजात सहित अन्तर्वार्ताको समय भन्दा एक घण्टा अगाडि सेवा आयोगको कार्यलयमा उपस्थित हुनु पर्ने र उम्मेदवारले आवेदित पद र विषयसँग सम्बन्धित रहेर बढीमा पाँच मिनेटको प्रस्तुति दिनुपर्ने सूचनामा उल्लेख गरेको छ ।

त्यसैगरी अन्तर्वार्ता हुने विषय र पदको विस्तृत कार्यतालिका अन्तर्वार्ता हुने मिति भन्दा १५ दिन अगाडि सेवा आयोगको वेवसाईट www.tuservicecommission.edu.np मा प्रकासित गरिने जनाएको छ ।

+2 School
Counseling
Bachelors Portal