SEE Result 2082

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानको विद्यार्थीहरुबाट लिने ​शुल्क सम्बन्धमा स्पष्टीकरण

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान

डीनको कार्यालय, महाराजगंज ।

प्रेस विज्ञप्ति

मितिः २०७६।०६।०६ मिति २०७६।०६।०२ गते एशोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालको नामबाट कान्तिपुर राष्ट्रिय दैनिकमा निकालिएको प्रेस विज्ञप्तिको सम्बन्धमा यस चिकित्सा शास्त्र अध्ययन संस्थानको गम्भिर ध्यानाकर्षण भएको छ। 

शैक्षिक वर्ष २०७४/७५ मा भर्ना हुने सम्पूर्ण विद्यार्थीहरुलाई नेपाल सरकारले तोकेको शिक्षण शुल्कमा त्रि.वि. चि.शा.अ.संस्थानको परीक्षा शुल्क, छात्रावास शुल्क र खाना शुल्क बाहेक अन्य सबै शिक्षण शुल्क समावेस हुने हुदा ति शिर्षक बाहेकका अन्य शिर्षकमा शुल्क नतिर्न नतिराउन | सम्बन्धित विद्यार्थी, अभिभावक, कलेज तथा अन्य सरोकारवाला निकायहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ भनि मिति २०७४।१०।०३ को कान्तिपुर राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गरि सकिएको र त्यसै गरी चिकित्सा शास्त्र अन्तर्गतको शैक्षिक वर्ष २०७५/०७६ मा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा विद्यार्थी भर्ना सम्बन्धि मिति २०७४।०७।०६ गते “शिक्षण शुल्कमा हाल प्रचलित त्रि.वि. रजिष्ट्रेशन शुल्क रु ५००।-, चि.शा.अ.संस्थानलाई बुझाउनु पर्ने परीक्षा शुल्क प्रति परीक्षा रु २५००।-, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, छात्रावास शुल्क र खाना खर्च बाहेक अन्य सवै प्रकारका शिक्षण शुल्क समावेश हुने व्यहोरा जानकारी गराइएको छ । 

भर्ना गराएर पठाइएका विद्यार्थीहरुबाट शिक्षण शुल्कको बाँकी किस्ताका अतिरिक्त त्रि.वि. रजिष्ट्रेशन शुल्क चि.शा.अ.संस्थानलाई बुझाउनु पर्ने परीक्षा शुल्क, नेपाल मेडिकल काउन्सिलको दर्ता शुल्क, छात्रावास शुल्क र खाना खर्च वाहेक अन्य शिर्षकहरुमा बढी शुल्क माग गरेको खण्डमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सकिनेछ ।” भनि चि.शा.अ.संस्थान, डीनको कार्यालयबाट सार्वजनिक सूचना एवं सर्कुलर जारी गरिएको थियो । यसर्थ यस अध्ययन संस्थानबाट विभिन्न समयमा शिक्षण शुल्क र अन्य विभिन्न शुल्कका शिर्षक र त्यसबापत लिन पाउने शुल्कका सम्बन्धमा भए गरेका निर्णयहरु सम्बन्धित कलेजहरुलाई समयमै जानकारी गराइएको साथै सम्बन्धित सबै सरोकारवालाहरुमा सार्वजनिक सूचना मार्फत जानकारी समेत गराइसकिएको हुनाले यस सम्बन्धमा कुनै द्विविधामा नरहन हुन सम्बन्धित सरोकारवाला सबैमा जानकारी गराइन्छ ।

त्रि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थान 

डीनको कार्यालय, महाराजगंज, काठमाण्डौ ।

+2 School
Counseling
Bachelors Portal