SEE Result 2082

साकुरा साइन्स प्लानमा दुई जना विद्यार्थी जान पाउने

जापानमा आगामी नोभेम्बरमा सञ्चालन हुने साकुरा साइन्स प्लानमा नेपालबाट प्रतिनिधि छनोट गरी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।

जापान साइन्स एण्ड टेक्नोलोजी एजेन्सी (जेएसटी)ले आगामी ८ देखि १४ नोभेम्बरमा सञ्चालन गर्न लागेको सो कार्यक्रमका लागि विद्यार्थी प्रतिनिधि छनोट गर्न मन्त्रालयले सबै सामुदायिक विद्यालयलाई आग्रह गरेको हो ।

सामुदायिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत नेपाली विद्यार्थीमध्येबाट कक्षा १० वा सो सरहको ग्रेडसिटमा उच्च अङ्क प्राप्त गरेका एक छात्रा र एक छात्रलाई छनोट गर्न मन्त्रालयले सामुदायिक माध्यमिक विद्यालयलाई पत्राचार गरेको हो ।

 सो कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयमा अध्ययनरत १५ बर्ष वा सोभन्दा माथी उमेर भएका ,अङ्ग्रेजी भाषा राम्ररी बोल्न र लेख्न सक्ने लगायतका योग्यता हुनुपर्ने मन्त्रालयले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal