SEE Result 2082

दुई शिक्षक पुरस्कृत

रोटरी क्लब अफ कान्तिपुर काठमाडौंले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा नेपालका प्राथमिक तहमा योगदान पुर्याएवापत दुई शिक्षकलाई ’रोटरी क्लब कान्तिपुर–सुशीला किरण प्याकुर्याल’ पुरस्कारबाट सम्मानित गरेको छ । पुरस्कार आज प्रदान गरिएको हो ।

रोटरी क्लब अफ कान्तिपुर र  सो क्लबका पूर्वअध्यक्ष किरणनाथ प्याकुर्याल तथा उनकी पत्नी सुशीला प्याकुर्यालको सक्रियतामा यही वर्ष स्थापित अक्षय कोषअन्तर्गत सो पुरस्कारका लागि उपत्यकाभित्रका सामुदायिक विद्यालय तथा रोटरी क्लब कान्तिपुर–उर्मिला व्यास छात्रवृत्तिमा आवद्ध विद्यालयलाई समावेश गरिएको थियो । यस पुरस्कारअन्तर्गत प्राथमिक तहमा कार्यरत सर्वोत्कृष्ट एक शिक्षक र एक महिला शिक्षकलाई प्रोत्साहन स्वरूप प्रत्येक वर्ष उत्कृष्टताको प्रमाणपत्रका साथै एक लाख रुपियाँसहित सम्मानित गर्न थालिएको छ ।

यस वर्षका लागि कन्काली माध्यमिक विद्यालय, चन्द्रागिरी–१३, काठमाडौंमा कार्यरत महिला शिक्षक कल्पना जोशी र शुन्दरादेवी आधारभूत विद्यालय, बिदुर–७, तुप्चे, नुवाकोटमा कार्यरत शिक्षक विजय बोगटीलाई पुरस्कृत गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal