SEE Result 2082

यूजीसी र आईएसएनविच शैक्षिक उद्यमशीलता र नवप्रवर्तन गर्ने उद्देश्यकासाथ सम्झौता

विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र आइडिया स्टुडियो (आईएसएन) नेपालका विच शैक्षिक उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

आयोग र आईएसएनले सहकार्य शिक्षा, अनसुन्धान र बलियो उद्यमशील प्रणालीको विकासगरी  नेपालको उद्यमशील प्रणालीमा सहकार्य गरी अनसुन्धान गर्ने उद्देश्यले समझदारी गरिएके आईएसएनले जनाइएको छ ।

उच्च शिक्षा हासिल गरेका विद्यार्थीमा उद्यमशीलताको विकास र शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यका साथ  सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा उद्यमशीलता विकासका लागि पाठ्यक्रम विकास गर्नुका साथै नेपालमा उच्च शिक्षा प्रदायक संस्थामा इन्क्युवेसन सेन्टर स्थापना गर्ने, सामुदायिक संलग्नताको प्रवर्धन गर्ने,  शैक्षिक अनुसन्धान वातावरण सक्षम गर्नु लक्ष्यका साथ सहमति भएको हो । 

त्यस्तै, विश्वविद्यालयको उद्यमशील इकोसिस्टमलाई समृद्ध बनाउन अतिथि व्याख्यानका लागि राष्ट्रिय र विश्वव्यापी विशेषज्ञहरूको नेटवर्क स्थापना गर्नुका साथै  शिक्षक र विद्यार्थीहरूबीच कार्य अनुसन्धान गर्नका निम्ति सहकार्य गर्ने लक्ष्य रहेको आईएसएनका कार्यकारी अध्यक्ष डा छिरिङ लामाले  बताए ।

+2 School
Counseling
Bachelors Portal