SEE Result 2082

प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नै नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको श्री मावि एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवानलाई नियन्त्रणमा लिएको छ ।

विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सृजना गरी विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले पचास हजार रुपियाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जलेश्वर नपा २, टाउन प्लानिङ्ग स्थित मामाज किचन, फेमिली रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट नियन्त्रणमा लिएको प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal