SEE Result 2082

विश्वविद्यालय तथा ट्युसन सेन्टरहरु बन्द, परीक्षा भने सञ्चालन हुने

सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आदेश जारी गर्दै विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा माघ १५ गते सम्म पठनपाठन नगर्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिको अधिकार प्रयोग गरी आज जारी गरेको ३६ बुँदे आदेशमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक रूपमा उपस्थितिमा सञ्चालन नगर्ने गरी निर्देशन दिइएको हो । त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई सञ्चालन गर्ने समते सो आदेशमा उल्लेख गरिएको छ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारीका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।

+2 School
Counseling
Bachelors Portal