SEE Result 2082

उच्च शिक्षा सुधार गर्न विश्वविद्यालय आधुनिकीकरण हुनुपर्नेः शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको ५६ औं वार्षिकोत्सवमा बोल्दै मन्त्री पौडेलले  ‘देशको ८० प्रतिशत विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था परम्परागत शैलीको हुन भएन अहिले युग सुहाउँदो हुनुपर्नेमा  जोड दिए ।

 ‘विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पसहरुको सवलिकरणमा ध्यानदिनु प¥यो ।’ उनले भने, ‘देश सुरुङमार्ग, लिफटिङ सिचाई, नयाँपुल, राजमार्ग बन्ने युगमा प्रवेश गरेको हुँदा इन्जिनियर गम्भीर हुनपर्छ ।’

‘जाँदा पिचभएको बाटो फर्किदा भत्किएको हुन्छ’ मन्त्री पौडेलले भने, ‘यस्तो परम्परालाई चिर्नुप¥यो ।’ पूर्वाधार निमार्ण भनेको इन्जिनियरको बढी भूमिका हुने बताउँदै सानो गल्तीले राज्यलाई ठूलो क्षति हुने बताए । ‘समृद्धि भन्नाले पूर्वाधार निर्माण पनि हो,’ उनले भने,  ‘यसका लागि दक्ष जनशक्ति चाहिन्छ ।’

विभिन्न चरणमा भएका सम्झौतालाई अहिले कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै यस वर्षदेखि देशका ४० बढी क्याम्पसहरुको भौतिक संरचना बन्ने जानकारी दिए ।

कार्य योजना, दक्षता, लगनशील, अनुसाशन र उर्जाशील भएमात्रै नवीनतम नतिजा दिन सकिने बताए । आफ्नो अधिकारको खोजीमात्रै गरेर नुहुने भन्दै कर्तव्य पनि भूल्न नहुनेमा उनले जोड दिए ।

+2 School
Counseling
Bachelors Portal