SEE Result 2082

स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रह

त्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।

त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र दाहालले छिमेकी मुलुक चीन र भारतमा कोभिड भाइरसको नयाँ भेरियन्ट देखिएकाले त्रिविअन्तर्गतका विभिन्न निकायमा जनस्वास्थ्यका मापदण्ड प्रयोग गर्न निर्देशन दिएको छ।

त्रिविका विभिन्न निकायमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन आग्रह गरिएको छ।

नेपालमा कोभिड-१९ को सङ्क्रमण कम हुँदै गएको छ। तर विश्वव्यापीरुपमा छिमेकीलगायत केही देशमा उक्त रोगको नयाँ भेरियन्ट विएफ ७ देखा परेको छ। त्यसैले नेपालमा सचेतना अपनाउनुपर्ने भएकाले त्रिविअन्तर्गतका निकायमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ।

 

+2 School
Counseling
Bachelors Portal