SEE Result 2082

नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्। 

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

सदनको दुवै बैठकबाट पारित भएर आएको उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका उपसचिव अर्चना खड्का अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal