SEE Result 2082

घुस मागेको आरोपप्रति उपाध्यक्ष गिरिको आपत्ति

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरिले विभिन्न विद्युतीय संचार माध्यममा आएको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

उपाध्यक्ष गिरिले आज पत्रकार सम्मेलन गरी दुर्गा प्रसाईंले गर्नु भएको पत्रकार सम्मेलन भनी विभिन्न विद्युतीय सञ्चार माध्यमहरुमा प्रशारित समाचारमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ‘म विरुद्ध लगाइएको आरोप मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय छ ।’ उनले भने, ‘यसको पुष्ट्याई गर्न सम्वद्ध व्यक्तिलाई चुनौती दिन चाहन्छु ।’

समाचारमा उल्लेख भए जस्तो आफू कसैलाई पनि भेट्न द्वारीकाज होटल  होटलमा नगएको, आफ्नो चरित्रहत्या गर्ने  उद्देश्यले प्रायोजित यस्ता समाचारको घोर भत्सर्ना गर्ने बताए । उनले आज प्रकाशित समाचार आफ्नो चरित्र हत्या गर्ने मनसायले प्रशारित भएको हुँदा केहीकसैले विश्वास नर्गन आग्रहसमेत गरेका छन् ।

केही विद्युतीय सञ्चार माध्यमले झापास्थित बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरी उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएको समाचार प्रकाशित गरेका थिए ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको निर्देशनमा उपाध्यक्ष गिरीले आफूलाई काठमाडौंको द्वारीकाज होटलमा भेट गर्न बोलाइ मेडिकल कलेज सञ्चालन गर्नका लागि भन्दै मंसिर १५ गते २० करोड घुस मागेको आरोप प्रसाईले लगाएको समाचार प्रकाशित गरेका थिए ।

+2 School
Counseling
Bachelors Portal