SEE Result 2082

संसदको शिक्षा समितिमा विद्या भट्टराई

संसदको शिक्षा तथा स्वास्थ्य समितिको सदस्यमा विद्या भट्टराईलाई ल्याइएको छ । संसदले भट्टराईको नाम सर्वसहमतिले पारित गरेको हो ।

यसअघि समितिमा योगेश भट्टराई थिए । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि सदस्य पद रिक्त हुँदै आएको थियो । विद्या भट्टराई कास्की २ वाट निर्वाचित सांसद हुन् । 

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७० बमोजिम गठित शिक्षा तथा स्वास्थ्य समितिको कार्यक्षेत्रभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय रहेको छ । 

समितिको सभापतिमा जयपुरी धर्ती रहेकी छिन् भने अन्य २३ जना सदस्य  छन् । हाल यस समितिमा पदेन सदस्य बाहेक २३ जना सदस्य छन् । समितिमा सदस्य मनोनयन राजनीतिक दलको सदस्य संख्या, महिला, दलित, आदिवासी जनजाति, खसआर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय समेतको समानुपातिक प्रतिनिधित्वलाई मध्यनजर गरी समितिको गठन गरिने प्रावधान रहेको छ ।

+2 School
Counseling
Bachelors Portal