SEE Result 2082

नियमविपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान, सरकारको अनुगमन शून्य

निजी विद्यालयहरुले नियमविपरीत नयाँ शैक्षिक सत्रका लागि भर्ना आह्वान गरेका छन् । शिक्षा नियमावली अनुसार चैत्रको पहिलो सातामात्र भर्ना आह्वान गर्नुपर्नेमा फागुनको दोस्रो सातादेखि नै विज्ञापन गर्न थालिसकेका छन् । 

काठमाडौंस्थित मोर्डन इण्डियन स्कुल, स्वस्तिश्री गुरुकुल, काठमाडौं गुरुकुल लगायत अधिकांश विद्यालयले भर्नाका लागि विज्ञापन समेत गरिसकेका छन् ।शिक्षा नियमावली अनुसार चल्ने हो भने पुरानो शैक्षिक सत्रको कक्षा पुरा नभइ नयाँ कक्षा सञ्चालन गर्न  मिल्दैन ।

शिक्षा नियमावलीअनुसार चैतको पहिलो सातामात्र भर्ना आह्वान गर्नुपर्नेमा फागुनको दोस्रो सातादेखि नै विज्ञापन गर्न थालिसकेका छन् । 

यसैविच, सरकारले कक्षा १२ सम्मलाई माध्यामिक शिक्षा भनेको छ ।  माध्यामिक शिक्षा भनिएपनि अधिकांशले कलेजको नाम दिँदै विद्यार्थी भर्ना गर्दै आएको पाइएको छ । केहि विद्यालयहरुले कलेजको नाम दिँदै विद्यार्थीहरुलाई भर्ना गर्दा समेत सरकारले अनुगमनलाई प्रभावकारी बनाउन सकेको छैन । विद्यालयहरुले चैत्र पहिलो सातादेखि  भर्नाको लागि प्रकृया सुरु गर्नुपर्ने हो तर, केहि विद्यालयहरुले अहिलेदेखिनै भर्ना प्रकृया सुरु भएको भन्दै विज्ञापनसमेत गरिसकेका छन् ।

शिक्षा मन्त्रालयको अनुगमन निष्प्रभावी जस्तै छ । सरकारले अनुगमनलाई प्रभावकारी नगराउँदै विद्यालयहरुले लुट मच्चाइरहेका छन् । काठमाडौंमै रहेका अधिकांश विद्यालयले भर्ना समेत सुरु गरी सकेका छन्, त्यहिपनि कलेजको नाम दिएर । जुन नियमसंगत मानिदैंन । शिक्षा ऐन (आठौं) संशोधनमा बालशिक्षादेखि कक्षा १२ सम्म विद्यालय शिक्षामा परिणत भएको भनिएको छ ।

तर, अधिकाशं निजी शिक्षण संस्थाले कलेज भन्दै विद्यार्थी भर्ना गरेका छन् । यसअघि कक्षा १२ सम्मको शिक्षा विश्वविद्यालयअन्तर्गत थियो । विश्वविद्यालय स्तरमा प्रवीणता प्रमाणपत्रका रूपमा सम्बन्धन दिइएको थियो । शिक्षा ऐनमा प्रारम्भिक बालशिक्षादेखि ८ कक्षासम्मको शिक्षालाई आधारभूत र ९ देखि १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाभित्र राखिएको छ ।

यसअघि १ देखि ५ सम्म प्राथमिक, ६ देखि ८ सम्म निम्न माध्यमिक, ९ देखि १० माध्यमिक ११ र १२ लाई उच्च माध्यमिक मानिएको थियो । सरकारले भने ती शैक्षिक संस्थाको पर्याप्त मात्रामा अनुगमन गर्न सकेको छैन ।

+2 School
Counseling
Bachelors Portal