SEE Result 2082

‘भर्चुअल नेपाली स्कूल’ अभियान शुरु

काठमाडौँ, १८ असोज (रासस) ः विश्वका विभिन्न देशमा बसोवास गर्ने नेपालीहरु माँझ नेपाली भाषा शिक्षाको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले ‘भर्चुअल नेपाली स्कूल’ नामक सामाजिक अभियान शुरु गरिएको छ । 

सबैका लागि नेपाली भाषा र सधैका लागि नेपाली भाषा भन्ने मूल नाराका साथ शुरु गरिएको ‘भर्चुअल नेपाली स्कूल’ क्विक सिल्वर इन्नोभेसन्स प्राविधिक सहयोगमा एउटा सामाजिक अभियानको रुपमा सञ्चालन गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

भर्चुअल स्कूल सञ्चालनमा ग्लोबल नेपाली आईसीटी कन्सोर्टियमको समेत सहकार्य रहनेछ । 

कार्यक्रमले विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपाली अभिभावक आफ्ना बालवालिकालाई भातृभाषा सिकाउनुपर्ने आवश्यकता र नेपाली भाषा सिक्न चाहने व्यक्तिहरुलाई अति नै उपयोगी हुने कन्सोर्टियमका संयोजक नारायण न्यौपानेले जानकारी दिनुभयो । 

दूर शिक्षा प्रणालीबाट अध्यापन गराइने सो शिक्षण विधिमा विद्यार्थीले साँचिकै कक्षामा बसेर अध्यापन गरेको महसुस गर्नेछन् । प्रत्येक समूहमा विभिन्न देशमा एकै समयमा आफ्नो कक्षामा बसेर अध्ययन गर्न सक्ने गरी व्यवस्था मिलाइको छ । 

सो सामाजिक अभियान सफल बनाउन एक घण्टामा एक डलर शुल्क कायम गरिएको छ । 

+2 School
Counseling
Bachelors Portal