‘व्यावसायिक शिक्षाले मात्रै राज्यका आवश्यकता सम्बोधन गर्छ’

पोखरा, ५ माघ (रासस) : गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक र व्यावसायिक शिक्षाले मात्रै राज्यका आवश्यकता सम्बोधन गर्न सक्ने बताउनुभएको छ । 

पोखरा महानगरपालिका–१७ छोरेपाटनमा सञ्चालित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहको आज यहाँ उद्घाटन गर्दै उहाँले समाजको तल्लो तहबाटै शिक्षाको जग बलियो हुनुपर्नेमा जोड दिनुभयो । 

प्राविधिक र व्यावसायिक शिक्षाको अभावमा शैक्षिक बेरोजगारी बढेको उल्लेख गर्दै उहाँले प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताउनुभयो । सरकारले प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालन गर्नका लागि पहल शुरु गरेको बताउँदै उहाँले त्यसका लागि बजेटसमेत विनियोजन गरिएको जानकारी गराउनुुभयो । 

कार्यक्रममा क्याम्पस सञ्चालक समिति पूर्वअध्यक्ष तीलक आचार्य एवं पूर्वक्याम्पस प्रमुख मनोरञ्जन शर्मा र घनश्याम तिवारीलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरिएको थियो । शैक्षिक एवं अतिरिक्त क्रियाकलामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको उक्त कार्यक्रममा विद्यार्थीद्वारा विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भुपति ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा– १७ का वडाध्यक्ष तीर्थ अधिकारी, क्याम्पस प्रमुख धर्मराज बराल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली काङ्ग्रेसका वडा नं १७ का सभापति देवराज आचार्यलगायतले उच्च शिक्षाको महत्वमाथि प्रकाश पार्नुभयो । 

Degrees offered in nepal
Counseling
Bachelors Portal