SEE Result 2082

शिक्षक कर्मचारीका माग पुरा नभए आन्दोलन गर्ने चेतावनी

आफ्ना मागलाई संघीय शिक्षा ऐनमार्फत सम्बोधन नगरिए कडा आन्दोलन गर्ने अस्थायी प्रकृतिका शिक्षक तथा कर्मचारीले चेतावनी दिएका छन् ।

आफ्ना माग शिक्षा ऐनमा समावेश नभए ४० हजार राहत शिक्षक, ३५ हजार विद्यालय कर्मचारी, ३६ हजार बालविकास शिक्षक, ९ हजार शिक्षण सिकाई अनुदान शिक्षक र १३ सय छुट अस्थायी करार शिक्षकले संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

सबै प्रकृतिका शिक्षक कर्मचारीसंग सरकारले विगतमा गरेका सम्झौता अक्षरस पालना गर्नुपर्ने अन्यथा आन्दोलनको चेतावनी दिएका हुन् । सबै शिक्षक कर्मचरीले संयुक्त विज्ञप्ति जारी गर्दै झण्डै चार लाख शिक्षक कर्मचारीको पेसागत सुरक्षा,लगायत अन्य विविध पक्षसंग जोडिएको संघीय शिक्षा ऐनको मस्यौदा हालसम्म कुनै सरोकारवाला निकायसँग छलफलमा ल्याउन नसक्नु साथै नेपाल शिक्षक महासंघ पनि यसबाट बेखबर भएको भन्दै गम्भीर असहमति र आपत्ति जनाएको छन् ।

‘हालसम्म संघीय शिक्षा ऐनको मस्यौदा कहाँ छ भन्ने यकिन समेत हुन नसक्नु आम शिक्षक कर्मचारीहरु प्रति गरिएको चरम अपमान हो । यसले आम शिक्षक कर्मचारीहरुलाई नेपाल शिक्षक महासंघले राज्य माथि सिर्जना गर्न सक्ने दबाब र प्रभाव माथि मात्रै उठेको छैन आशंका समेत जन्माएको छ’ विज्ञप्तिमा भनिएको छ ।

+2 School
Counseling
Bachelors Portal