SEE Result 2082

शिक्षक कर्मचारीको तलब निकासा नभए सशक्त आन्दोलन गर्ने चेतावनी

नेपाल शिक्षक महासङ्घले शिक्षक कर्मचारीको रोकिएको तलब अबिलम्ब निकाशा नगरे विरोधका सशक्त कार्यक्रम लिएर अघि बढ्न बाध्य हुने चेतावनी दिएको छ ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै  समयमा तलब निकासा नगरे पालिकाको ज्यादतीको विरुद्ध सशक्त आन्दोदन गर्ने चेतावनी दिएको हो ।

विभिन्न पालिकाले नगर तथा गाउँ परिषद् नभएको भन्दै विद्यालय कर्मचारीको तलब रोकेको प्रति नेपाल शिक्षक महासङ्घले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।पालिकहरूले गत साउनदेखि  शिक्षक कर्मचारीको तलव निकासा नगरिएको कारण त्यहाँ कार्यरत शिक्षक कर्मचारी आन्दोलित भएको विषय प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

हरेक महिना नियमितरुपमा तलव पाउनु पर्ने शिक्षक( कर्मचारीको महिनौंको तलव भत्ता रोकिनु सम्बन्धित पालिकाको नेतृत्वको अक्षमता  भएको महासंघले जारी गरेको विज्ञप्त्मिा उल्लेख गरिएको छ । 

विद्यालय शिक्षालाई संविधानको अनुसूची ८ पालिकाको एकल अधिकार मा राख्ने प्रबन्ध वेठिक छ भनी शिक्षकका पेसागत संस्थाहरुबाट निरन्तर उठाइएको मुद्दाको औचित्य थप पुष्टि  भएको विज्ञप्त्मिा उल्लेख गरेको छ । 

रोकिएको तलव भत्ता अविलम्ब प्राप्त हुने व्यवस्था गर्न तथा आगामी दिनमा यस्तो अवस्था दोहोरिन नदिन आवश्यक कानुनी एवम् नीतिगत प्रबन्ध मिलाउन हासंघले  सरकारसंग माग गरेको छ । 

+2 School
Counseling
Bachelors Portal