SEE Result 2082

जिम्मेवारी सम्मानजन नदिए कार्यक्षेत्रमा नजाने शिक्षकहरूको चेतावनी

आसन्न स्थानीय तहको निर्वाचनमा कर्मचारी व्यवस्थापनमा शिक्षकको मान सम्मानमा आँच पुग्ने गरी खटाए शिक्षकहरू तोकिएको कार्य क्षेत्रमा गई कार्य सम्पादन गर्न बाध्य नहुने चेतावनी दिएका छन्।

रामेछाप जिल्लामा कार्यरत शिक्षकका पेशागत संघसंगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । 

शिक्षकहरूको तहगत र श्रेणीगत स्तरलाई वास्ता नगरी जिम्मेवारी तोकिएकोले शिक्षकहरुको स्वाभिमान  प्रश्न उठेको शिक्षकले आरोप लगाएका छन्।शिक्षकहरूले निर्वाचन कार्यालय रामेछापको ध्यानाकर्षण गराउँदै शिक्षकको मान सम्मानमा आँच पुग्नेगरी जिम्मेवारी दिएको भन्दै असहमति व्यक्त गरेका हुन्।

साथै कैलाली, कंचनपुर,  ताप्लेजुङ, मकवानपुर र नुवाकोटमा शिक्षकको तहको मानमर्दन हुनेगरी चुनावमा खटाइएको भन्दैशिक्षकहरूले असन्तुष्टि जनाएका छन् । खबरहरू आएका छन् । 

 

+2 School
Counseling
Bachelors Portal