गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने

 

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताए । बुधबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले मन्त्रालयले प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्ने तयारी गरिरहेको जानकारी दिए ।

सरकारका १०० दिनको कामका विषयमा समीक्षा गर्दा साक्षर प्रदेश बनाउने अभियानलाई जोड्नुपर्ने जनाउँदै उनले एक महिनाभित्रै प्रदेश साक्षर घोषणा हुने उनले घोषणा गरे  सरकाले १०० दिनमा गण्डकी प्रदेश शिक्षा नीति, २०७८ जारी गरेको । गण्डकी प्रदेश श्रम तथा रोजगार नीतिको अन्तिम मस्यौदा तयार गरिएको। सडक आश्रित सहयोगापेक्षी मानव उद्धार, पुनर्स्थापना तथा व्यवस्थापन कार्यविधि २०७८ मन्त्रिपरिषद्बाट स्वीकृत भएको। गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान नियमावली र आर्थिक प्रशासन नियमावलीको मस्यौदा तयार गरिएको।  उनले जानकारी दिए । 

+2 School
Counseling
Bachelors Portal